बाँके र बर्दियामा आईशोलेशन सेन्टरमा अहिले केही जनामात्र कोरोना संक्रमित

बाँके र बर्दियामा आईशोलेशन सेन्टरमा अहिले केही जनामात्र कोरोना संक्रमित उपचारमा रहेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेको ५ स्थानमा रहेको आइसोलेशन सेन्टरमा जम्मा २० जना कोभिड १९ कोरोना संक्रमित रहेको जानकारी दिनु भयो । श्रेष्ठका अनुसार बाँकेमा सबै भन्दा बढि संक्रमित नेपालगंज उपमहानगरपालिका वडा नम्बर १० आदर्श नगरमा ११ जना रहेका छन् भने खजुरामा ५ जना कोहलपुर पिपरीमा २ जना राप्तीसोनारी गाँउपालिकामा १ जना बैजनाथ गाउपालिकाको बनटवामा १ जना गरी २० जना रहेको जानकारी दिनु भयो । यस्तै बर्दिया स्वास्थ्य कार्यालयका अनुसार आईशोलेशनमा १३ जना मात्र रहेका छन् ।
घर फर्किनेहरूको संख्या धैरै भएकाले स्वास्थ्यकर्मीको निगरानीमा बस्नेहरूको संख्या कम भएको जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए । जिल्लामा जम्मा १३ जना संक्रमित घर जान बाँकी छन् ।



