५ असार २०८३, शुक्रबार

काठमाडौंको सीतापाइलामा भएको हत्याका आरोपी सर्लाही घर भएका जेके भनिने जयकिशोर साह पक्राउ

एसीपी संवाददाता

२९ असार २०७७, सोमबार १५:०४ मा प्रकाशित

१४ वर्ष अगाडि काठमाडौंको सीतापाइलामा भएको दम्पती हत्याका आरोपी सर्लाही घर भएका जेके भनिने जयकिशोर साह पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३४ वर्षीय साहलाई असार २८ गते बाँकेबाट पक्राउ गरेको हो । पक्राउ परेका साहलाई सोमबार ब्युरोले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । २०६३ साल पुस २० गते सीतापाइलामा काठ मिल सञ्चालन गर्दै आएका ४५ वर्षीय नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या गरी फरार भएका साहलाई बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । हत्यामा संलग्न अर्का आरोपी बाँकेका प्रताप राना भने अझै फरार रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआईजी सहकुल थापाले जनाकारी दिनुभयो ।

हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको र दुई वर्ष त्यहाँसँगै बसेपछि राना अन्यत्रै लागेको उहाँको भनाई छ । साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय रासन कार्डसमेत लिएर बस्दै आएको प्रमुख थापाले जानकारी दिनुभयो ।
हत्याका आरोपी दुवै जना त्यही काठ मिलका कामदार हुन् । मिल सञ्चालक सुवेदीसँग भनाभन भएपछि २०६३ साल पुस २० गते राति छुरा प्रहार गरी सुवेदी दम्पतीको हत्या गरेका थिए । उक्त घटनाका बेला साह १५ बर्षका थिए । हत्या गरेपछि फरार रहेका दुवै जना भारतको लखनउ पुगेको प्रहरीले जनाएको छ । दुई वर्ष त्यहाँ सँगै बसेपछि राना अन्यत्रै लागेका थिए । साहले भारतमा पुगेर जय शर्मा नामबाट भारतीय आधार कार्ड समेत लिएर बस्दै आएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x