५ असार २०८३, शुक्रबार

अर्थमन्त्री खतिवडाले औद्योगिक विकासमा अघि बढेको भन्दै कानुन निर्माण गर्दा स्वदेशी उत्पादनलाइ प्रोत्साहन गर्ने जानकारी

एसीपी संवाददाता

७ श्रावण २०७७, बुधबार १४:४० मा प्रकाशित

अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल औद्योगिक विकासमा अघि बढेको भन्दै कानुन निर्माण गर्दा स्वदेशी उत्पादनलाइ प्रोत्साहन गरिने बताउनुभएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा उहाले प्रतिस्पर्धा कुण्ठित हुने गरी कुनै पनि खरिद नहुने पनि बताउनुभयो । खतिवडाले खरिद विधिलाई व्यवस्थित गर्न सरकारले कानुन संशोधनको तयारी गरेको पनि जानकारी दिनुभयो । मन्त्री खतिवडाले उद्योगीहरूले पहिले कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सार अन्तर कायम हुनुपर्ने माग गर्ने गरेकोमा अहिले दुई तहको अन्तर माग गर्न थालेकाले यसले महङ्गी बढ्न सक्ने धारणा पनि राख्नुभयो । वस्तुमा अनावश्यक संरक्षण दिए मूल्यबृद्धि हुने र उपभोक्ता पनि मारमा पर्ने उहाले बताउनुभयो । खतिवडाले न्यूनतम १० प्रतिशतदेखि बढीमा २० प्रतिशतको संरक्षणमा उद्योगहरू प्रतिस्पर्धी हुन सक्नुपर्ने स्पष्ट पार्नुभयो । खतिवडाले दातृ निकायबाट ऋण लिँदा भन्सार छुट दिइने भनेर सम्झौता गरिने भएकाले त्यसले समस्या सिर्जना भएको पनि उल्लेख गर्नुभयो ।
छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठले उद्योगका लागि आयात गरिने कच्चा पदाथए र तयारी बस्तुको भन्सार फरक हुदा समस्या देखिएको बताउनुभयो । स्वदेशी उद्योगलाई आत्मनिर्भर गर्नका लागि भन्सारमा देखिएको अव्यवहारिक सर्तलाई पुनरावलोकन गर्नुपर्ने सुझाव दिनुभयो ।

बैठकमा समिति सदस्यहरुले नेपालमा आयातलाई न्युनिकरण गर्दै स्वदेशी बस्तुहरुलाई प्रोत्साहन गर्ने नीति आउनुपर्ने बताएका थिए । छलफलपछि समिति सभापति बिमल श्रीवास्तवले यसबिषममा थप अध्ययन गरेर सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x