बैजनाथमा भयो क्वारेन्टाइन ब्यवस्थापन अध्यक्ष-रुचाल

बाँके जिल्लाको बैजनाथ गाउँपालिकाले सोमबार गाउँकार्यपालिकाको बैठक बाट बनकटवा प्राथमिक स्वास्थ चौकी आईसोलुसन बाट क्वारेन्टाइन परिनत पश्चात २० बेडको र बैजनाथ २ को जनता आदर्श प्राबिधिक शिक्षालयको भवनमा ४० बेडको क्वारेन्टाइन ब्यवस्थापन गरेको छ भने बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षतामा १३ सदस्यीय क्वारेन्टाइन ब्यवस्थापन समिति गठन गरिएको छ ।
जसमा गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल अध्यक्ष गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बि क उपाध्यक्ष गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जङ्ग शाही सदस्य सचीव वडा अध्यक्षहरु रुप बहादुर मल्ल,प्रेम बहादुर थापा,राम चरण थारु,काली बहादुर सिंह,मन बहादुर खत्री,भद्र बहादुर बस्नेत,सिताराम थारु,भग्गन थारु सदस्य रहेका छन् स्वास्थ शाखा संयोजक लक्ष्मण शाही सदस्य कर्मचारी प्रशासन शाखा प्रमुख तप्त आचार्य सदस्य सहित १३ सदस्यीय समिति गठन भएको छ।
बैजनाथ-५,६,७ र ८ वडाका लागी बनकटवा प्राथमिक स्वास्थ चौकीमा क्वारेन्टाइनको ब्यवस्थापन छ भने बैजनाथ -१,२,३ र ४ वडालाई जनता आदर्श प्राबिधिक शिक्षालयमा क्वारेन्टाइनको ब्यवस्थापन गरिएको छ।
सन्कास्पद तथा जिल्ला बाहिर बाट आउने स्थानीयहरुका साथै दोस्रो र तेस्रो मुलुक बाट आउने बैजनाथका बासिन्दाहरुको लागी क्वारेन्टाइनको ब्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष रुचालले बताएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारिको अध्यक्षमा रहेको जिल्ला बिपद ब्यवस्थापन समितिले कोरोना संक्रमण देखिएका सबैलाई जिल्लाले नै ब्यवस्थापन गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जङ्ग शाहिले जानकारी दिए।



