१२ असार २०८३, शुक्रबार

बजारलाई स्वास्थ्य माप दण्डलाई अपनाउदै सहज बनाउने प्रयास

एसीपी संवाददाता

२७ श्रावण २०७७, मंगलवार १५:४९ मा प्रकाशित

निषेधज्ञाका बिच नेपालगंज बजार सहज बनाउने प्रयास स्वरुप कोभिड १९ कोरोना महामारी संग जुध्न बिभिन्न उपायहरु गरिदै छ भने बजारलाई स्वास्थ्य माप दण्डलाई अपनाउदै सहज बनाउने प्रयास भई रहेको छ । बजार बैकिंग कारोबार सहज बनाउने भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लास्थित बैंक तथा बित्तिय संस्थाहरुले बुधबार आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी २९ गते बिहिवारदेखि सेवा संचालन गर्न दिने निर्णय गरेको हो । ३० गतेबाट फैन्सी पसल , कपडा पसल अनि शनिबार अन्य कारोबार स्वास्थ्यको नियमका अनुसार संचालन गर्ने भनिएको छ । भने सवारी साधन जोर बिरोर प्रणली लागु हुने सुचनामा उल्लेख बमोजिम गर्ने बताईएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x