आज इस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदुल अजहा (बक्राईद)

अताउल मुस्तफा कादरी – इस्लामिक क्लेन्डर अनुसार १४४१ हिजरीको इस्लामिक महिनाको १२ बाह्रा महिना हो यो महिनामा देशभरीका मुसलमानहरु आज बकराईद (इदुल अजह) मनाउदैं छन् । तर अहिले विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण मुस्लिम समुदाय इदुल अजहको नमाज़ सामाजिक दुरीको पालना गरी घर मै पढेर मनाईंदै छन् । हज र कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको यस पर्वमा हैसियत हुने मुसलमानका लागि हज र कुुुर्बानी अनिवार्य रहेको छ । एक आपसमा गला मिले र इद मुबारक भन्दै शुभकामना अदान प्रदान गर्दै भाइचारा साट्ने चलन रहेको मुस्लिम अगुवा मोहम्मद हारून बताउनु भएको छ गत बर्ष जस्तै यो बर्ष हर्षोल्लासका साथ न मनाउने मुस्लिम अगुवा हारून का अनुसार यसपटकको बकरा ईद लकडाउन र सामाजिक दूरीको पुर्ण पालना गरी नमाज़ घर मै नमाज पढी दुआ गर्छु की यो कोरोना महामारीबाट हामी सबै देशबासीलाई मुक्ति मिलोस् । इदुल अजहामा नमाज पछि कुर्बानी (बलिदिने) दिने गरिन्छ । खान योग्य मानिने खसी, भेडा, ऊँट,रागां, लगायतका जनावरहरुको कुर्बानी उपयुक्त मानिन्छ । हाँस, कुखुरा र अन्य स साना पक्षी कुर्बानी दिइँदैनन् । कुर्बानीका लागि उपयुक्त मानिने जनावर दुरुस्त तथा स्वस्थ्य हुनुपर्छ कान सिंह र पुच्छर काटेको हुनुहुदैन । ठूला जनावरमा सातजना मिलेर तथा खसी र बाँझो बाख्रा एकजना ले सिङगो कुर्बानी दिनुपर्ने नियम छ ।हैसियत हुने मुसलमानहरुले जति पनि कुर्बानी दिन सक्ने छन् भने कुर्बानीको मासु तीन भागमा बाँड्नु पर्छ । एक भाग आफ्नो लागि एक भाग इष्टमित्रका लागि र अर्को एक भाग गरीब असहाय मानिसका लागि छुट्याउनु पर्छ । कुर्बानीको मासु बिक्री गर्न मिल्दैन साथै कुर्बानी भएको जनावरको छाला बिक्री गरी रुपैया अथवा छाला गरीब असहाय व मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम कुर्बानी गर्ने सबै मुसलमान ले पालना गर्नुपर्ने हुन्छ । मुस्लिमहरुको लागि ईदुल अजहा (बकराईद) को ठूलो महत्व रहेको छ । यो पर्व मुस्लिम समुदायले तीन दिनसम्म धुमधामसँग मनाउँने गर्छन । अल्लाहका पैंगम्बर (दुत) हजरत इब्राहीम अलैहिस्सलामलाई कुर्बानी को आदेश भयो अल्लाहले भने ऐ इब्राहीम तिम्रो लागि जो सबभन्दा प्यारो चीज छ त्यसको कुर्बानी गर’ । हजरत इब्राहिम अलैहिस्सलामको सबभन्दा प्यारो एउटा मात्र छोरा हजरत इस्माईल अलैहिस्सलाम हुनुहुन्थ्यो अल्लाहको आदेश पालना गर्दै अल्लाह लाई खुशी पार्न आफ्नो छोरा हजरत इस्माईल अलैहिस्सलामलाई कुर्वानी गर्ने निर्णय गर्नुभयो । १० जिलहिज्जको दिन हजरत इब्राहीम अलैहिस्सलामले आफ्नो छोरा इस्माइल अलैहिस्सलाम लाई निकै धारिलो हतियारले घाँटी रेट्दा कुर्बानी गर्न लाग्दा अल्लाह प्रसन्न भएर छोराको घाँटी रेतिएन र समक्ष एउटा दुम्बा भेडा को कुर्बानी भएको थियो । त्यही समय देखि हजरत इब्राहीम अलैहिस्सलामको सुन्नतलाई कायम गर्दै मुस्लिमहरु खसी, भेडा, ,रागां, ऊँट लगायतका जनावरहरुको कुर्बानी दिंदै आएका छन् । धार्मिक ग्रन्थ (कुरान) अनुसार ७ तोला सुन वा ५२ तोला चाँदी वा त्यस बराबर रकम रहेको मालिके निसाब (धनी) मुसलमानहरु माथि कुरबानी (वाजिफ) अनिवार्य गरिएको छ । श्रोत – रेडियो रुबरु एफ.एफ



