११ असार २०८३, बिहीबार
नेपालगन्ज कारागारका दर्जनबढी कैदी र प्रहरीलाई कोरोना पुष्टि

नेपालगन्ज कारागारका दर्जनबढी कैदी र प्रहरीलाई कोरोना पुष्टि भएको छ ।
नेपालगन्ज कारागारमा मंगलबार सात जना कैदी, ६ जना प्रहरीसहित १४ जनालाई कोरोना पुष्टि भएको हो । केही दिनअघि एकजना कैदी र प्रहरीलाई कोरोना देखिएकोमा उनीहरु निको भएर गइसकेका छन् । तीन दिनअघि नेपालगञ्ज कारागारका जेलर, थुनुवा गरी २५ सहित ३२ जनाको स्वाव लिइएको थियो । त्यसमध्येमा १३ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा मंगलबार कैदी र प्रहरीसहित १४ जना संक्रमित बढेका हुन् । १४ मध्येमा एकजना संक्रमित लमही दाङका छन् ।
Subscribe
Login
0 Comments



