५ असार २०८३, शुक्रबार
पहाडी क्षेत्रमा निरन्तर बर्षाका कारण बाँके स्थित राप्तीमा खतरा

असार ६ गते । पहाडी क्षेत्रमा निरन्तर बर्षाका कारण बाँके स्थित राप्ती नदिमा खतरा बढेको हो । शनिबार साँझा पौने पाँच बजेसम्म राप्ती नदीले खतराको तह पार गरेको छ । कुुसुमस्थित राप्ती बाढी मापन केन्द्रका अनुसार राप्तीमा पानी चेतावनीस्तर पार गरेको हो । राप्ती नदीमा पानीको सतह ५ दशमलव ४० मिटर पुगेमा खतराको स्तर मानिन्छ, भने अहिले राप्तीमा पानीको सतह ५ दशमलव ३६ मिटर पुगेको छ । पहाडी भेगमा लगातार भइरहेको वर्षाले राप्तीको सतह अझै बढ्ने क्रममा रहेकोले सतर्कता अपनाउन बाढी मापन केन्द्रले आग्रह समेत गरेको छ । केन्द्रका अनुसार कुसुममा पानीको सतह बढेसंगै बाँकेको राप्तीसोनारी र डुडुवा गाउँपालिका लगायत राप्तीको तल्लो तटिय क्षेत्रमा बाढि आउने सम्भावना उच्च रहेको छ । हरेक बर्ष हुने असार महिनाको बर्षेनी पानीका कारण राप्ती नदिको छेउँछाउ डुबान गर्ने गरेको छ ।
Subscribe
Login
0 Comments



