११ असार २०८३, बिहीबार

नेपालगञ्जस्थित भेरी अस्पताल कोरोना पीसीआर परीक्षण प्रयोगशालामा पहिलो

एसीपी संवाददाता

११ श्रावण २०७७, आईतवार १४:०४ मा प्रकाशित

पीसीआर परीक्षणमा काठमाण्डौ बाहिर नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना परीक्षण प्रयोगशाला पहिलो भएको छ । पीसीआर परीक्षण गर्नेमा पहिलो स्थानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ र दोस्रोमा भेरी अस्पताल नेपालगञ्ज रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमै नमूना परीक्षणमा दोस्रो स्थानमा परेपछि भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुलाई बधाईसहित धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष धितालले प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, । पीसीआर टेष्ट गर्नेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौ प्रथम र दोस्रोमा भेरी अस्पताल नेपालगञ्ज रहेको छ । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले पनि प्रयोगशालामा कार्यरत प्राविधिकहरुप्रति सम्मान व्यक्त गर्दै आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘भेरी अस्पतालको ल्यावमा १९ हजार पीसीआर परीक्षण पूरा भएको छ । यो काठमाण्डौ बाहिर सबैभन्दा बढी हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x