११ असार २०८३, बिहीबार

नेपालगन्जमा थप २८ जनामा कोरोना पुष्टि

एसीपी संवाददाता

२२ श्रावण २०७७, बिहीबार १०:२१ मा प्रकाशित

बाँकेमा बिहीवार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लाका विभिन्न ठाउँका २८ जनामा संक्रमण पुष्टि भएको हो । नेपालगन्ज कारागारमा मंगलबार सात जना कैदी, ६ जना प्रहरीसहित १४ जनालाई कोरोना पुष्टि भएको थियो भने ईलाका प्रहरी कार्यालय कोहलपुर र वडा प्रहरी कार्यालय बाँकेका प्रहरी समेत रहेका छन् । केहि दिनअघि एकजना कैदी र प्रहरीलाई कोरोना देखिएकोमा उनीहरु निको भएर गइसकेका छन् । नेपालगञ्ज कारागारका जेलर, थुनुवा गरी २५ सहित ३२ जनाको स्वाव लिइएको थियो । त्यसमध्येमा १३ जनामा कोरोना पुष्टि भएको छ । यसै गरी ३ सय ९१ जना ेिको भएक छन । बाँकेमा कूल संक्रमितको संख्या ४ सय ५७ रहेको थियो भने थप बिहिबार १६ जना थपेका छन् । ती मध्ये अहिले ६२ जना आइसोलेसनमा छन् । अन्य जिल्लाका १० जना गरी बाँकेका आइसोलेसनमा ७२ जना रहेको छन् । बिहिबार थपिएका २८ जनाको यो समाचार तयार पार्दा सम्म बिवरण आउन बाकि रहेको भनिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x