१२ असार २०८३, शुक्रबार

भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २३ मा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

३० श्रावण २०७७, शुक्रबार ११:२३ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्को पुष्टि गर्नुभएको छ । शुक्रबार बाँकेमा थप भएका संक्रमितसँगै कूल संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । तीमध्ये अहिले सम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x