भेरी अस्पतालमा गर्भवति महिलामा कोरोना पुष्टि,२० जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरी अस्पताल नेपालगंजमा भएके परिक्षणमा नेपालगंजका १६ जना र ४ जना कोहलपुरा रहेको श्रोत जनाएको छ । यस्तै भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना भएकी गर्भवति महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुकुम चौरझारी निवासी ती महिला बुधवार भर्ना भएकी थिइन् । महिना पुगिसकेकाले विहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी गरिएको थियो । शल्यक्रियाको तयारी भइरहेका बेला अचानक उनलाई ज्वरो आएपछि कोरोना भाइरस भएनभएको पुष्टि गर्न थ्रोट स्वाब निकालिएको थियो । तीन दिन अघि लिइएको स्वाबको रिपोर्ट शनिवार आउँदा पोजेटिभ आएको हो । भेरी अस्पताल नेपालगन्जका मेसु डा. प्रकाश थापाले भन्नुभयो–‘रिपोर्ट पोजेटिभ आएको छ । उनलाई नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लैजाने तयारी भइरहेको छ । हाम्रो टीम त्यसैमा जुटेको छ ।’ शिक्षण अस्पताल कोहलपुर कोभिड ३ लेभलको अस्पताल हो । जटिल खालका कोरोना संक्रमित विरामीहरुको त्यही उपचार हुने गरेको छ



