हिन्दु शमशान भुमिमा बृक्षारोपण कार्यक्रम

नन्दलाल साहू- नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ ले मंगलवार हिन्दु श्मशान भूमिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको । नेपालगन्ज उपमहानगरपालिका ८ स्थित हिन्दु श्मशानको भूमिमा साफ सफाइ सहित सौन्दर्यकरणको लागि समशानको प्राङ्गणमा भित्र वृक्षारोपण गरिएको अध्यक्ष सुरेन्द्र बैश्यले बताएका छ्न।

विहान ११बजे आफ्नो वडा सदस्य सहित वडाको अगुवा, नागरिक समाज, विभिन्न राजनैनिक दलका प्रतिनिधि लगायत बीस बढीको उपस्थितिमा वृक्षरोपण कार्यक्रम गरेको छ। वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र बैश्यको अध्यक्षतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ को सभापति रमेश गुप्ता,राप्रपाका क्षेत्रीय अध्यक्ष दिपेन्द्र बहादुर सिह,कसौंधन वैश्य हिन्दु श्मशान भुमिको संयोजक अतुल्य वैश्य तथा उपभोक्त समितिको वडा नम्बर ८ अध्यक्ष अमेरिक प्रसाद ठाकुर,वडा सदस्य निखिल कसौंधन,विवेक बाजपेयी,निर्मला कनौजिया,खुशी रानी बैश्यले सहितका नेताहरुले मनतब्य राखेका थिए ।

यसैगरी टोल समितिको अध्यक्ष नन्दकिशोर ठाकुर,स्थानीय युवा मोहम्मद अफाक समेतको उपस्थिति रहेको थियो।


