१ श्रावण २०८३, शुक्रबार
धनगढी बसपार्कमा अज्ञात समूहद्वारा बसमा आगजनी

कैलाली : धनगढी बसपार्कमा पार्किङ गरिएको एउटा बसमाथि अज्ञात समूहले आगजनी गरेको छ। धनगढी– बझाङ सञ्चालन गरिदै आएको ना ४ ख ९७४६ नम्वरको बसमाथि अज्ञात समूहले आगजनी गरेको सुदूरपश्चिम यातायातका बीमा संयोजक प्रकाश बमले जानकारी दिए। ‘गएराति बसमाथि आगजनी गरिएको छ,’ उनले भने, ‘आगजनी कस्ले गर्यो भन्ने बारेमा केही खुलेको छैन्। दई वटा ब्याट्री समेत चोरी भएको छ।’
Subscribe
Login
0 Comments



