११ असार २०८३, बिहीबार

बाँकेमा देशकै पहिलो खुला कारागार निर्माण,बाहिर गएर काम गर्न,परिवारलाई भेट्न र जागिर गर्न पाउने

एसीपी संवाददाता

२२ श्रावण २०७७, बिहीबार ०९:२७ मा प्रकाशित

बाँकेको गनापुरमा देशकै पहिलो खुला कारागार निर्माण भएको छ। कारागार व्यवस्था विभागले गनापुरस्थित कृषि फार्मको छ बिघा जमिनमा पहिलो पटक खुला कारागार निर्माण गरेको हो। कम सजाय हुने मुद्दामा कारागार चलान भएका तुलनात्मक रुपमा आचरण ठिक भएका कैदी बन्दीलाई खुला कारागारमा राखिने छ। खुला कारागार संचालनका लागि तयारी भइरहेको छ। खुला कारागारमा बस्ने कैदी बन्दी साँझ तोकिएको समयभित्र कारागारमा प्रवेश गरेर रातभरि कारगारमै बस्नुपर्नेछ ।

बिहान कारागार प्रशासनबाट अनुमति लिएर  कारगारभन्दा बाहिर गएर काम गर्न, परिवारका सदस्यलाई भेट्न र जागिर गर्न सक्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ

बाँकेको नेपालगन्जमा विक्रम सम्बत २००० सालमा निर्माण भएको एउटा मात्रै कारगार छ। ५० जना महिला र २ सय ५० जना पुरुष गरी ३ सय क्षमताको कारागार भबनमा अहिले ७ सय ९० जना कैदीबन्दी छन्। क्षमताभन्दा दोब्बर बढी कैदी बन्दीलाई  राखिएका कारण कारागारमा राखिएका कैदी बन्दीहरुले  आधारभूत सुविधासमेत पाउन सकेका छैनन् ।

यस्तो अवस्थामा निर्माण भएको खुला कारागार अन्य कारागारभन्दा व्यवस्थित र सुविधा सम्पन्न छ। गनापुरमा निर्माण भएको खुला कारगारको निर्माण करिब पौने २ करोडको लागतमा निर्माण भएको   हो । खुला कारागार परिसरमा निर्माण भएका २ वटा बन्दी गृहमा ४ वटा भान्सा घरसहित ३६ वटा कोठा भएको कारागार शाखा बाकेका प्रमुख देबेन्द्र श्रेष्ठले बताए। निर्माण कार्य अन्तिम चरणमा पुगेको खुला कारागारमा विद्युत् जडान गरेर पानीको व्‍यवस्था हुँदा साथ कैदी बन्दीलाई राख्न सकिने छ।  कारागार परिसरमा ब्याडमिन्टन कोट समेत निर्माण गरिएको छ। ३२ वटा  कोठा भएकाले एउटा कोठामा २ वटा कैदी बन्दीलाई राख्ने हो भने ६४ जना कैदी बन्दीलाई राख्न सकिने छ। श्रोत – थाहाखबर बाट  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x