११ असार २०८३, बिहीबार

बाँकेमा आइतबार देखि निषेधाज्ञा लागू

एसीपी संवाददाता

१८ श्रावण २०७७, आईतवार ०५:०८ मा प्रकाशित

बाँकेमा आइतबार देखि निषेधाज्ञा लागू भएको छ । समुदायस्तरमै कोरोना देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँके तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गरेको हो ।

बाँकेमा बढिरहेको कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो।

निषेधाज्ञामा अटेरी गरी अनावश्यक हिंड्डुल गर्न प्रतिबन्ध लगाइएको छ। प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक हिंड्डुल गरेको पाएमा कडा कारबाही समेत गर्ने जानकारी गराएको छ।

त्यस्तै प्रशासन कार्यालयले बैंकका एटिएम सेवा मात्र सुचारु गर्न पत्राचार गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x