१ श्रावण २०८३, शुक्रबार
बुटवलबाट साढे २२ केजी चरेस बरामद

बुटवलबाट साढे २२ केजी चरेस बरामद भएको छ । बुटवल उपमहानगरपालिका–१२ हरियाटोलमा धनबहादुर दमाईको खाली घरमा खानतलासी गर्दा सोमबार चरेस फेला परेको हो ।
चरेससँगै गुल्मी मदाने गाउँपालिका–७ का मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका–८ स्यालपाखाका रतिभान दमाई पक्राउ परेका छन् ।प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा गएको टोलीले प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले उनीहरुलाई दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले बताए ।
Subscribe
Login
0 Comments



