११ असार २०८३, बिहीबार

चिनले बेचेको स्वास्थ्य समाग्री माथी आफै गरेन् भरोसा,सरकारीे स्वास्थ्य पीसीआर परिक्षणलाई चिनी दुतावास द्धारा अस्वीकार

एसीपी संवाददाता

२२ श्रावण २०७७, बिहीबार ०५:४६ मा प्रकाशित

चिनियाँ दूतावासले आफ्ना नागरिकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएर पेस गरेको पीसीआर रिपोर्ट अस्वीकार गरेको छ ।

नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँको स्वाब संकलन गरिएको थियो ।

स्वदेश फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन भन्दै काठमाडौं महानगरपालिकाको वडा नं. २६ को कार्यालयले सिफारिस गरेपछि शुक्रबार ईकपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ५९ जनाको स्वाब संकलन गरेको थियो ।

ईडीसीडीका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको टोली स्वाब संकलन गर्न ठमेलको ज्याठास्थित एक होटलमा गएका थिए  । प्रयोगशालाले बुधबार दिएको रिपोर्ट दूतावासमा पेस गर्दा अस्वीकार भएको वडाध्यक्ष ख्यामराज तिवारीले बताए ।

‘ठमेलका होटल व्यवसायीहरूले चिनियाँ नागरिकको पीसीआरका लागि सिफारिस गरिदिन भनेपछि मैले टेकुमा पत्र लेखिदिएको थिएँ । सबैको रिपोर्ट नेगेटिभ आएछ,’ उनले भने, ‘त्यही रिपोर्ट लिएर चिनियाँहरू दूतावास जाँदा अस्वीकार भयो । त्यसपछि स्टार अस्पतालले उनीहरूको स्वाब संकलन गरेको छ ।’

ईडीसीडीका मेडिकल टेक्नोलोजिस्ट पौडेल सरकारी प्रयोगशालाको रिपोर्ट दूतावासले अस्वीकार गरेपछि बुधबार बेलुका फेरि स्वाब लिएकै होटलमा पुगेका थिए । ‘तर त्यहाँ स्टार अस्पतालका कर्मचारीले ३ एमएलको भीटीएममा उनीहरूको स्वाब लिइरहेका थिए,’ उनले भने ।

चिनियाँ दूतावासले राष्ट्रिय प्रयोगशालाबाहेक वीर, टिचिङ, पाटन, केएमसी र स्टार अस्पताल जहाँ पीसीआर गराएर रिपोर्ट ल्याए पनि मान्ने भनेपछि होटल व्यवसायीले छिटो रिपोर्ट लिन स्टार अस्पतालको प्रयोगशालामा पीसीआर गराएको वडाध्यक्ष तिवारीले बताए । चिनियाँहरू शुक्रबार चीन फर्कने तयारीमा छन् ।श्रोत – ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x