१२ असार २०८३, शुक्रबार

नेपालगञ्जमा हाइप्रोफाइल संक्रमितहरु एसीसहितको होटलमा बस्ने पाइने

एसीपी संवाददाता

२४ श्रावण २०७७, शनिबार ०६:१० मा प्रकाशित

नेपालगञ्जमा कोभिड १९ कोरोना भाइरसबाट संक्रमित भएकाहरुलाई अब पैसा तिरेर होटलमा आइसोलेशन बस्ने व्यवस्था मिलाइएको छ । नेपालगञ्ज धम्बोझि चोक नजिक रहेको सिटी प्यालेसमा त्यस्तो व्यवस्था मिलाइएको हो । पैसा हुने अर्थात हाइप्रोफाइल संक्रमितहरु एसीसहितको होटलमा बस्ने भएका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफै पैसा तिरेर बस्न चाहनेहरु होटलमा बस्न सक्ने जानकारी दिनुभयो । स्थानिय सरकारले बिभिन्न स्थानमा कोरेन्टाइनको ब्यवस्था गरिए पनि सुविधा सम्पन्न ब्यवस्था खोजने र खाने, बस्ने पैसा आफै तिर्छु भन्ने संक्रमितहरु होटलमा बस्न सक्ने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । होटलसम्बद्ध नै संक्रमित देखिएपछि यो व्यवस्था मिलाउन अझ सहज भएको छ । दिनको हजार रुपैयाँमा होटलमा बस्ने व्यवस्था मिलाउने तयारी भएको छ । हाइप्रोफाइल व्यक्तिहरुमा कोरोना देखिन थालेपछि अन्तर्राष्ट्रिय अभ्यासमा रहेको होटलमा बस्ने व्यवस्था मिलाइएको छ । पैसा तिर्न नसक्नेहरु चाहि यो प्रचण्डगर्मीमा पंखा पनि राम्ररी नघुम्ने आइसोलेसन सेन्टरमा बस्न बाध्य भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x