११ असार २०८३, बिहीबार

नेपालगञ्जका वडाअध्यक्ष र उपमहानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टी

एसीपी संवाददाता

१९ श्रावण २०७७, सोमबार ०९:२२ मा प्रकाशित

सोमबार भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्जका ४७ बर्षिय पुरुष जनप्रतिनिधि र ५९ बर्षिय पुरुष कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका एक जनप्रतिनिधि र एक कर्मचारीलाई कोरोना पुष्टी भएको छ । संक्रमित मध्ये एक जना नेपालगञ्जका वडाअध्यक्ष र अर्का उपमहानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारी रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
संक्रमित मध्ये, वडा अध्यक्षलाई ज्वरो तथा श्वासप्रश्वास सम्बन्धी लक्षण देखिएको र कर्मचारीमा कुनै पनि लक्ष्ण नदेखिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दुबै जनालाई खजुरामा रहेका सुशील कोईरालाल प्रखर क्यान्सर अस्पतालकोको आईशोलेशन अस्पतालमा राखि उपचार सुरु गरिएको बताए ।
कोरोना संक्रमणको कारण आईशोलेशनमा हाल ६५ जना रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x