१२ असार २०८३, शुक्रबार

बाँकेमा विहीबार ठूलो संख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज

एसीपी संवाददाता

२९ श्रावण २०७७, बिहीबार ०३:४४ मा प्रकाशित

COVID 19 – UPDATE

बाँकेमा ३० जना डिस्चार्ज बाँकेमा विहीबार ठूलो संख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । त्यसमा आन्तरिक राजश्व कार्यालयका अधिकृत, नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीदेखि मिठाई पसलेसम्म छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्जका १८, कोहलपुर र राप्तीसोनारीका एक–एकजना त्यस्तै दाङ, बर्दिया, दैलेख, पर्साका एक–एकजना छन् । सुर्खेत र कञ्चनपुरका दुई–दुईजना गरी चारजना पनि विहीबार नै डिस्चार्ज हुँदैछन् । ‘आज डिस्चार्ज भएका अधिकांश आन्तरिक राजश्य र उपमहानगरपालिकाका कर्मचारी छन् फोकलपर्सन श्रेष्ठले भन्नुभयो–‘बाँकेमा कोरोना भाइरसको संक्रमण जित्नेहरुको संख्या पनि उल्लेख्यरुपमा बढेको छ ।’ विहीबार डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या चारसय ३५ पुगेको छ । अहिलेसम्म जिल्लामा संक्रमितको संख्या ६ सय ६३ छ । तीमध्ये तीनजना संक्रमितको मृत्यु भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x