कोरोना संक्रमित सम्पर्क विहीन

अजमत अली – बाँके साउन २६ गते।बाँकेमा कोरोना संक्रमण पुष्टि भएका १४ जना सम्पर्कविहीन भएका छन् । उनीहरुलाई खोज्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आएको छ ।
पीसीआर परीक्षणका लागि दवाव दिने र रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कविहीन भइदिने गरेका कारण स्थानीय प्रहरी प्रशासन र स्वास्थ्यकर्मीलाई तनाव भएको हो । गत २३ गते यता संक्रमण पुष्टि भएकाहरुमध्ये १२ जना सम्पर्कमा नआएको खुलेको छ ।कोरोना पुष्टि भएपछि सम्पर्कविहीन भइदिनेहरुमा हाइप्रोफाइलका व्यक्ति छन् । जिल्ला समन्वय समिति बाँकेका एकजना अधिकृत समेत संक्रमण पुष्टि भएपछि मोवाइल अफ गरेर बसेको खुलेको छ ।
गत २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब संकलन गरिएका मध्येका ८ जना र २५ गते पोजेजिभ नतिजा आएका ६ जना गरी १४ जना संक्रमित सम्पर्कमा नआउदा उनीहरुको कारण झनै अवस्था भयावह हुने खतरा बढेको छ ।
ती मध्ये एकजना सरकारी अधिकृत रहेको बाँकी ‘पहुँचवाला’ रहेको कारण आईशोलेशनमा लैजान सकिएको छैन । उनीहरु सबैले मोबाईल अफ गरेर बसेका छन । ती १४ जनाको खोजिमा स्वास्थ्यकर्मी परिचालित गरिए पनि भेट्टाउन नसेकपछि प्रहरीको मद्दत मागिएको छ ।
यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गले यो संकटको बेलामा सबैको सहयोग भएमात्र सामना गर्न सकिने भएकोले पोजेटिभ रिर्पोट आएकाहरु स्वस्फुर्त आईशोलेशनमा आईदिन आग्रह गरेका छन् । संक्रमितहरुलाई खोज्दै हिड्नु पर्ने अवस्था आएपछि कन्ट्रयाक टे«सिङदेखि सम्पर्क व्यक्तिहरुको नमुना संकलनमा समेत ढिलाइ हुन थालेको छ ।


