बाँकेका दुई पालिकाका ६ जनामा बुधवार कोरोना संक्रमण पुष्टि, ९ जनाले कोरोनाबाट निको भई घर फर्के

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परिक्षणमा बाँकेका दुई पालिकाका ६ जनामा बुधवार कोरोना संक्रमण पुष्टि भएको छ भने थप ९ जनाले कोरोनालाई जितेका छन् । नयाँ संक्रमितहरुमा नेपालगञ्ज वडा नं. २१ का २५ वर्षीय पुरुष र खजुरा गाँउपालिका ८ का ३९ वर्षीय १ महिलासहित ४० र ५२ वर्षीय पुरुष तथा वडा नं. २ का ३२ वर्षीय पुरुष र वडा नं. ३ का ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ६ सहित दाङका १ र सुर्खेतका १ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ४५० जनाको स्वाव परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । यसैबीच बाँकेमा थप नौ जनाले कोरोनालाई जितेका छन् । बाँकेका सात र बर्दियाका दुई जना गरी नौ जना गरी आज डिस्चार्ज भएसँगै उनीहरु घर गएका छ । स्वास्थ्य कार्यालय, बाँकेका कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले चार जना खजुरा र तीन जना कोहलपुर तथा बर्दियाको बारबर्दिया र गेरुवाका एक÷एक जना डिस्चार्ज भएको जानकारी दिनुभयो । बाँकेको आइसोलेसन सेन्टरमा अब १२ जना रहेका छन् ।१२ वटा आइसोलेसन सेन्टर रहेको बाँकेमा सात वटा खाली भइसकेका छन् । बाँकेमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । तिमध्ये अधिकांश निको भएर घर फर्किकेका छन्।



