५ असार २०८३, शुक्रबार

भेरी अस्पतालमा गरीएको पीसीआर परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

२९ असार २०७७, सोमबार १४:१४ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्जमा गरीएको पीसीआर परीक्षणमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो ४८ घण्टामा गरिएको पीसीआर परीक्षणमा बर्दियाका २ र दाङका २ जना गरी ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बर्दिया मधुवन नगरपालिका ९ का १८ बर्षका पुरुष र बढैयाताल गाउँपालिका २ का २६ बर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ । दाङको गढवा गाउँपालिका ३ का ४० बर्ष र वडा नं. ६ का २३ बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै भेरी अस्पतालमा गरीएको पीसीआर परीक्षणमा ६ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । अस्पातलले अहिलेसम्म १५ हजार ५ सय ३२ नमूना मध्ये १५ हजार ४ सय नमूना परीक्षण सम्पन्न भएको जनाएको छ । पछिल्लो ४८ घण्टामा ८ सय नमूना परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x