११ असार २०८३, बिहीबार

नेपालमा सोमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

१९ श्रावण २०७७, सोमबार १५:२२ मा प्रकाशित

नेपालमा सोमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा रहेको प्रयोगशालामा परिक्षण गर्दा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात सय ५० पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
संक्रमितहरुमध्ये ५१ जना काठमाडौंका रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ४३, ललितपुर ३ र भक्तपुर ५ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । यस्तै सोमबार तीन सय ५८ जना निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १४ हजार नौ सय ६१ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x