२१ बैशाख २०८३, सोमबार

नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि

एसीपी संवाददाता

४ असार २०७७, बिहीबार ११:५७ मा प्रकाशित

नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यो सँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,८४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बिहीबार प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोरोना संक्रमित भेटिएका छन् भने काठमाडौं उपत्यकामा थप ६ कोरोना संक्रमण देखिएको छ । बिहीवार मन्त्रालयले पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन् । उनीहरू कैलालीका हुन् । तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै सङ्क्रमण पुष्टि भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x