११ असार २०८३, बिहीबार

कोरोना बिरामीको उपचार प्लाज्मा थेरापी विधिबाट भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजलाई उपचार अनुमति

एसीपी संवाददाता

२० श्रावण २०७७, मंगलवार १५:५५ मा प्रकाशित

सरकारले भेरी अस्पताल नेपालगन्ज र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका बिरामीको उपचार प्लाज्मा थेरापी विधिबाट गर्न अनुमति दिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गर्न बाँकेका दईसहित १२ अस्पतालले स्वीकृति पाएका छन् ।

कोभिड १९ लेभल थ्रि अस्पतालका रुपमा रहेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमित पाएसँगै त्यसको तयारीमा जुटेको जनाएको छ ।

अस्पतालका सहायक निर्देशक डा. नितेश कनोडियाले सरकारले विश्वास गरेर मेडिकल कलेजलाई अनुमित दिई सकेकोले विज्ञहरुसँग छलफल गरेर हामी तयारीमा जुटेको बताउनुभयो । प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा ब्लड बैंकको आवश्यक पर्ने डा. कनोडियाको भनाइ छ । त्यसका लागि रक्त सन्चार केन्द्रसँग समन्वय गरिने उहाँले जानकारी दिनुभयो । मेडिकल कलेज कोहलपुरले तीन जना कोरोना संक्रमितको शल्यक्रिया गरेको छ । चार जना उपचारका लागि भर्ना भएकोमा तीन जनाको शल्यक्रिया सफल भएको थियो । अर्का विरामीे भने नर्मल उपचारपछि निको भएका थिए । प्लाज्मा थेरापी विधिबाट उपचार गर्न स्वीकृति पाएका अस्पतालमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल , पाटन एकेडेमी अफ हेल्थ साइन्स, शुक्रराज ट्रपिकल अस्पताल छन् । यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल ,नारायणी अस्पताल, भक्तपुर अस्पताल र सेती अस्पतालले पनि यो विधिबाट उपचार गर्ने स्वीकृती पाएका छन् । मेडिसिटी, ग्रान्डी इन्टरनेसनल अस्पताल र ह्याम्स अस्पतालले स्वीकृति पाएको परिषदका सदस्य सचिव डा.प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x