ब्यवस्थापन गर्न न पाउदै कोरोना संक्रमित भेरी अस्पतालमै

कोरोना संक्रमितहरुको भेरी अस्पतालको स्वास्थ्य परिक्षण प्रयोगशाला भएको कोभिड १९ कोरोना संक्रमण पुष्टि भए पछि केही संक्रमितहरु सम्पर्क बिहिन बनेका छन् । स्वाब संकलन भएकाहरु रिपोर्ट आउने बित्तिकै मोबाइल बफ गरी सम्पर्कमा नआएको समाजिक संजालमै स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले गुनासो पोखेका छन् । यसरी प्रशासनलाई समेत संक्रमितहरुलाई खोज्न धौ भएको बताईन्छ । सम्पर्कमा न आएक केही स्थानिय निकायका सरकारी कर्मचारी रहेका छन् ।
यस्तै बिशेष श्रोतका अनुसार भेरी अस्पतालमै संक्रमितहरु राख्ने ब्यवस्थापन गर्न न पाउदै कोरोना संक्रमितलाई अहिले सम्म भेरी अस्पतालमै राख्नु भनेको कहाँ उचित हो एक जना स्थानियले गुनासो गरेको छन् । केही राजनितीक दबावका कारण समेत प्रशासन पनि चुप रहेको हो कि ? अहिले भेरी अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएका कारण अस्पतालमा अन्य सेवा बन्द गर्ने श्रोतले जनाएको छ । अस्पतालमा कोरोना संक्रमितलाई राख्नु आम जनतालाई समेत समस्या उत्पन्न भएको छ । आइसोलेशन ब्यवस्था नभए सम्म संक्रमित राख्नु भनेको झन् जोखिम उत्पन्न हुन्ेभएको छ । बाँकेमा संक्रमितहरुको संख्या बढ्ने क्रममा रहेको र ब्यवस्थापन गर्न खजुरामा क्यान्सर अस्पतालमा समस्या आइरहेकोले भेरी अस्पताल नै आइसोलेशन बनाउने संक्रमित परिवारहरुले माँग गरेका छन् ।


