१३ जेष्ठ २०८३, बुधबार

बिवादित जग्गामा क्रिकेट मैदान बनाउने तयारी

एसीपी संवाददाता

२१ असार २०७७, आईतवार १३:५७ मा प्रकाशित

कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं २ मा क्रिकेट खेलमैदान बनाउने कार्यको सुरुवात भएको छ । वडा २ को रानिपुरमा जमिन बिबादका बिच नै सो कार्य को सुरुवात भएको हो । पहिले खेलमैदान रहेको सो जमिन अतिक्रमणमा परेको थियो । पहिला त्यहि ठाउँकै नदि बगरको भुभाग अतिक्रमण गर्नि कार्यको आरम्भ हरि प्रसाद शर्मा बाट भएको थियो भने पछि अरु हरुले पनि सिको गर्दै आफ्नो जमिन सँगै को भुभाग अतिक्रमण गर्न थालेका हुन ्। आफूले अतिक्रमित भुभागमा खेति लगाउदै गरे पनि कोहिले भने केहि नगरि गाौचरणका लागि छोडेका थिए । अहिले क्रिकेट मैदानको परियोजना आउँदा त्यो अतिक्रमित जग्गा खालि गर्न भने अटेर नै गरिरहेका थिए । चाहिने जमिन जति अरुले सजिलै छोडेपनि स्थानीय वासिन्दा गौरि सिङ साउदको भने सबैले छोडे भने आफुले नि नहिच्किचाई छोडिदिने भनाई थियो । तर अहिले खेलकुद मैदानको मात्र परियोजना आएको र अहिले यति मात्र खालि गरि र अर्को परियोजनामा तल माथि दुबै खालि गराउने भनाई सोहि वडाका वडाध्यक्ष शिवराज पनेरु को थियो । आज बिहान वडाले प्रशासन बोलाई विवादका बाबजुत जमिन खालि गरेर काम को सुरुवात गरेको छ । खालि गराउँदा सामान्य झडप भएर हात हालाहाल सम्म भएको थियो । त्यो खालि गरेको जमिनमा क्रिकेट मैदान सहित एउटा मेडिकल निर्माण हुने वडाध्यक्ष ले जानकारी दिएका छन् ।

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x