५ असार २०८३, शुक्रबार

बिधुत ट्रान्सफरमर जडान हुदा स्थानीयहरू खुसि

एसीपी संवाददाता

१ श्रावण २०७७, बिहीबार ०४:१९ मा प्रकाशित

संजय कुशवाहा / नवलपरासी – पश्चिम नवलपरासीको सरावल गाउँपालिका भित्र विभिन्न टाेलमा बिधुत ट्रान्सफरमर जडान कार्य गरिएको छ। सरावल गाउँपालिका वडा नं. ६ कुर्थावल, बड्सार र वडा नं. ४ बड्की बडसारमा १०० किलाेवाट क्षमता भएको बिधुत ट्रान्सफरमर बुधबार जडान गरि उदघाटन गरिएको हाे । बिधुत ट्रान्सफरमर सरावल गाउँपालिकाकाे सहयोगमा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले उदघान गरि लाइन सुभारम्भ गर्नुभएको हाे । साे क्षेत्रमा बिधुत नभएको कारणले गर्दा स्थानीयलाई अध्यारोमा बस्न परेकाे थियाे । लाइनबाट बन्चित हुन पुगेका जनताकाे समस्या बुझ्दै गाउँपालिका अध्यक्ष चाैधरीले बिधुत ट्रान्सफरमर जडान गराई उक्त गाउँमा झिलिमिलि गराउनु भएको हाे । गाउँमा बिधुत जडान भएको हुनाले स्थानीय खुशि ब्यक्त गर्दै जनअपेक्षा अनुसार सरावल गाउँपालिकाले काम गरेकाे प्रशांसा ब्यक्त गर्दै अगामि दिनमा पनि यस्तै उपलब्धि मुलक काम गर्न सुझाव समेत ब्यक्त गरेका हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x