१३ जेष्ठ २०८३, बुधबार

कञ्चनपुरमा पसलको सटर खोल्ने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु

एसीपी संवाददाता

२३ असार २०७७, मंगलवार ०७:२४ मा प्रकाशित

कैलाली : कञ्चनपुरमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्वर १ महेन्द्रबस्तीका १९ बर्षिया सरस्वती धामीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ‘पसलको सटर खोल्ने क्रममा सटरमा करेन्ट लागेर मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापा क्षेत्रीले भने, ‘शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको छ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x