२१ श्रावण २०८३, बिहीबार

नेपाली ‘ज्वाई’ गोबिन्दाको सम्पती २० मिलियन

एसीपी संवाददाता

१९ असार २०७७, शुक्रबार ०७:५० मा प्रकाशित

९० को दशकका निकै चर्चीत बलिउड अभिनेता हुन् गोबिन्दा । उनको ससुराली नेपाल हो । त्यसैले उनी बारम्बार नेपाल पनि आइरहन्छन् । उनी धेरै पटक आफ्नो पत्नीका साथ नेपाल आएका छन् । पशुपतिनाथ मन्दिरले पनि उनलाई लोभ्याउँछ । त्यसैले उनी केही वर्षको अन्तरालमा पशुपति दर्शनका लागि पनि नेपाल आउने गरेका छन् ।

९० को दशकमा दर्शको मन मष्तिक्समा बस्न सफल अभिनेता गोबिन्दाको ब्यक्तिगत जिवन पनि निकै रोचक छ । उनी सामाजिक रुपमा मात्र धनि छैनन्, आर्थिक रुपले पनि उत्तिकै सम्पन्नशाली छन् ।

भारतीय एक अनलाइन पोर्टलको रिपोर्ट अनुसार सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २० मिलियन डलर अर्थात् २ अर्ब ४१ करोड रुपैयाँ आँकलन गरिएको जनाएको छ । उनले विज्ञापन मार्फत सो आम्दानी गरेका हुन् । गोबिन्दाले ब्रान्ड एन्डोर्समेन्टले उनलाई यति धेरै सम्पत्तीको मालिक बनाएको हो ।

गोबिन्दाले सन् १९८६ मा इल्जाम नामको फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । त्यो समयमा गोबिन्दाले बलिउडमा तहल्का मच्चाएका थिए । हाँस्य अभिनयमा उनको जादु चल्छ । डान्स र हाँस्य अभिनय उनको सबैभन्दा सफल कला हुन् । सन् २०२० मा आइपुग्दा गोबिन्दाको कूल सम्पत्ति २ अर्ब बढी छ । उनले निकै राम्रा चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेका छन् । उनले अभिनय गरेका ‘इल्जाम’ ‘लभ’, ‘जिते है शान से’, ‘हम जैसी’ छन् । उनले आफ्नो जिवनमा १ सय ६५ भन्दा बढि फिल्ममा काम गरेका छन् ।

फिल्मी क्षेत्रमा ब्यस्त भएकै समय ९० को दशकमा उनको आम्दानीमा पनि उतार चढाव आएको थियो । फिल्म शोला और शबनम, राजा बाबू, कुली नम्बर वान, हिरो नम्बर वान, दिवाना मस्ताना, दुल्हे राजा, बडे मियां–छोटे मियां, अनाडी नम्बर वान, जोडी नम्बर वानमा उनले निकै शसक्त अभिनय गरेका छन् ।

तीन दशक लामो करियरमा ५६ वर्षीय अभिनेताले ठूलो प्रशंसा हासिल गरे । उनले थुप्रै फिल्मको निर्माणसमेत गरिसकेका छन् । सभार – काँचुली खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x