१२ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीद्वारा अवैध माछा बरामद

एसीपी संवाददाता

२७ श्रावण २०७७, मंगलवार ०७:३६ मा प्रकाशित

संजय कुशवाहा / नवलपरासी २७ पश्चिम नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले माछा नियन्त्रण लिएको छ । मंगलबार विहान सशस्त्र प्रहरी नेपाल बाेर्डर आउट पाेष्ट गुठी प्रसाैनीले भारतबाट अवैध रूपमा ( ७० किलो ) २४ हजार ५ सय मुल्य बराबरको माछा नेपाल तर्फ ल्याउदै गरेको सुस्ता गाउँपालिका वडा न.५ धोबहा खोला (टुटहा) बाट माछा नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ । सकृय बन्दै गएकाे सशस्त्र प्रहरी निरीक्षक संतोष खरेलको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे माछा मंगलबार बिहान नियन्त्रणमा लिन सफल भएकाे हाे । मोटरसाइकलमा राखेर माछा ल्याउदै गर्दा सशस्त्र प्रहरीलाई देखेर माछा फालेर मोटरसाइकल सहित मानिस भागेकाे प्रहरी निरिक्षक अधिकारीले बताए । नियन्त्रणमा लिइएकाे साे माछा दिउँसो स्थानिय , पत्रकार, सुरक्षाकर्मीहरूको राेहबरमा नष्ट गरिएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x