११ असार २०८३, बिहीबार

कोरोना कहरको बीच बुधबार देखि हज यात्रा शुरु ९० बर्षको इतिहासमा पहिलो पटक यस्तो ‘हज यात्रा’

एसीपी संवाददाता

१५ श्रावण २०७७, बिहीबार ०३:०१ मा प्रकाशित

अरशद शेष राई – साउदी अरेबिया / कोरोना कहरको बीच साउदी अरेबियामा यस बर्ष १४४१ ज़िल-हिज्जह महिनाको हज यात्रा बुधबार देखि शुरु भएको छ । यस बर्षको हज यात्रा ९० बर्षै देखि हुँदै आएको हज यात्रा भन्दा धेरै फरक देखिएको छ । जुन तस्बिरमा साफ देखिन सकिन्छ । हज गर्न आएका सबै हज यात्रीहरु साउदी अरेबियाको पबित्र शहर मक्कामा एकत्रित भई अरबी महिनाको ज़िल -हिज्जहको पहलो रात्रीमा अल्लाहको घरमा एहराम अर्थात पुरै सेतो कपडा लगाएर कांबा शरीफको चारैतिर फैलिएको देखिएका हाजींहरुले कोरोना महामारीको बीच खानें ए कांबाको तवाफ अर्थात फेरा लिए ।

हज यात्रीहरुले खाने ए कांबाको तवाफ गर्दा अल्लाहसंग दुआ ए रहमत तथा मग्फिरत तथा हज कुबुल गर्न दुआ मागे साथ साथै बिश्वभरी फैलिएको कोरोना महामारी जस्तो ज्यान लिने बलासंग निजात अर्थात छुट्कारा दिलाउन हज यात्रीहरुले दुआ गरेका थिए । बिश्वभरी कोरोना भाइरसको बिगबिगी रहेको कारण यस पटकको हज यात्रा कोरोना भाइरसको सुरक्षाको सबै उपायको बीच भैइ रहेको छ ।

हज यात्रामा सहभागी हुने यात्रीहरुको कोरोना जाँच गर्नुको साथै फेस मास्क अनिवार्य लगाउनु पर्ने तथा सोशल डिस्टेंसिंग नियमको पालना अनिवार्य गर्नु पर्ने निर्देश दिएका छन जुन आज खांने ए कांबाको तवाफ गरि रहँदा हज यात्रीहरुमा सोशल डिस्टेंसिंग साफ नजर आएको थियो । हरेक बर्ष हज गर्नका लागि बिश्वभरीबाट लाखौं मुस्लिम धर्मावलम्बीहरु साउदी अरेबिया आउने गर्थे तर यस पटक कोरोना भाइरसको जोखिमले गर्दा साउदी सरकारले हज यात्रालाई सिमित गरेको हो । जसले गर्दा अरु देशबाट हज यात्रामा आउने हाजीहरुलाई साउदी सरकारले अनुमती दिएको छैन् । हुन त हज गर्नका लागि साउदी सरकारले हरेक बर्ष कुनै उमेर हद तोकेको हुन्दैंन थियो तर यस पटक कोरोना महामारीले गर्दा साउदी सरकारले उमेर सीमा निर्धारण गरेको छ जुन २० बर्ष देखि लिएर ५० बर्ष सम्म रहेको छ । साउदी अरेबियाले यस पटक हज गर्नको लागि १० हजार जनालाई मात्र हज गर्न जाने अनुमति दिएको छ । जसमा ९ हजार साउदी नागरिक रहेका छन भने १ हजार प्रावासी रहेको कुरा जानकारीमा आएको छ जुन पहिले देखि नै साउदी अरेबियामा मौजुद रहेका छन । यस बर्षको हज यात्रामा हाजींहरुको सम्पुर्ण खर्च साउदी सरकारले उठाएको छ । जसमा होटलमा बस्ने देखि लिएर खानेकुरा तथा स्वास्थको रेखदेख, आवागमनको सुबिधा सहित राज्य सरकारको हाथमा रहेको बताएको छ ।

साउदी मिडिया रिपोर्टका अनुसार मक्काको ग्रैंड मस्जिदमा एक स्वच्छता अभियानको तहत सेनेटाइज गर्नका लागि ३ हजार ५ सय जना सफाईकर्मी लगाएको छ । जसमा स्वच्छता अभियानको तहत दिनमा मक्का स्थित पवित्र ग्रैंड मस्जिदलाई १० पटक भन्दा बढी सेनेटाइजेशन गर्नुको साथ साथै इत्र खुश्बु जस्ता बाँकी चीजको छिड़काव गर्दैछ । हज यात्रामा आउन समान्य तय हजारौं डालर खर्च हुन्छ जसले गर्दा साउदी अरेबियालाई हरेक बर्ष करोडौं डालर रेबेन्यु मिल्छ । साउदी अरेबियाको ९० बर्षको इतिहासमा अहिले सम्म कहिले पनि हज रद्द भएको छैन यो साउदी इतिहासमा पहिलो पटक हो जुन बिदेशबाट हजयात्री हज गर्न आउन पाएन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x