१३ जेष्ठ २०८३, बुधबार
कैलालीमा हत्या आरोपी प्रहरी थुनाबाट हत्कडी सहित भागे

खगेन्द्र अबस्थि असार २५कैलाली कैलाली : कैलालीमा हत्या आरोपी युवक प्रहरी थुनाबाट हत्कडी सहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित थुनाबाट भागेका हुन्।

कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडी सहित भागेको पुष्टि गरे। उनको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको प्रहरी उपरिक्ष जबराले दिनेश खबरलाई बताए। ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए। उनलाई ईलाका प्रहरी कार्यालय फल्टुडे नै पक्राउ गरेको थियो।
Subscribe
Login
0 Comments



