५ असार २०८३, शुक्रबार
नेकपा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा,कोहलपुर नगर समितिद्वारा रक्तदान

नेपाल तरुण दल बाँके,कोहलपुर नगर कार्यसमितिद्वारा कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस कन्द्रिय सदस्य गोपाल दहित प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बाँके काँग्रेस पार्टी सभापति किरण कोईराला,क्षेत्रीय सभापति माधवराम खत्री,तरुणदल बाँके अध्यक्ष विरेन्द्र बहादुर शाह,कोहलपुर नगर कमिटि सभापति बलराम शर्मा सहितका नेता हरुको सहभागता थियो । २ सय जनाले रक्त दान गरेका छन भने रक्तदान मा बि पी कोईराला स्मृति दिवस सप्ताह ब्यापी कार्यक्रम अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य अजय पुन मगर (गोपाल),टंक चौलागाई,देवि खत्रि,खगेन्द्र पौडेल,सुशिला शाही,अनिल शाही सहितका नेकपा कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ ।
Subscribe
Login
0 Comments



