११ असार २०८३, बिहीबार

जनकपुरधाम स्थित प्रादेशिक अस्पताल कोरोना संक्रमणको उच्च जोखिममा

एसीपी संवाददाता

१३ श्रावण २०७७, मंगलवार ०४:२६ मा प्रकाशित

फाइल / तस्बिर

जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा कोरोना संक्रमणको उच्च जोखिम रेहेको देखिएको छ ।
आईतबार धनुषाको सहिदनगर नगरपालिका डुमरियाका एक ३८ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएपछि, अस्पतालका इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनको लागि सिल गरिन भनिएकोमा पनि प्रादेशिक अस्पताल जनकपुरको दुबै वार्डमा लापरवाहीपूर्वक बिरामीहरुको उपचार भईरहेको पाइएको हो ।
जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको बैठकले मृतक बिरामी भर्ना गरिएको इमर्जेन्सी युनिट २४ घण्टा र आइसियु वार्ड ७ दिनको लागि सिल गरिने निर्णय भएकोमा पनि दुबै वार्डमा बिरामी राखि उपचार गराईरहेको देखिएको छ । आइसियु वार्डमा कार्यरक्त एक स्वास्थयकर्मीले, आफुहरु पनि बिना कुनै सुरक्षा उपकरणको प्रयोग गरी कोरोना संक्रमणको जोखिमको बिच काम गर्न बाध्य रहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x