१२ असार २०८३, शुक्रबार

शसस्त्रको को कडा एक्शन, साढे़ चौबीस लाख भारतीय रकम बरामद

एसीपी संवाददाता

२८ श्रावण २०७७, बुधबार ०४:५१ मा प्रकाशित

अजय मिश्र, कृष्णनगर, साउन २८ / शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुुुुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको साढे २४ लाख भारतिय रकम बरामद गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले बुधबार बिहान पौने ५ बजे सो रकम बरामद गरेको हो ।

शसस्त्रको पाल ड्युटी रहेको बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका थिए । दशगजा भन्दा ५० मिटर भित्र नेपाली भुभागमा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा.कपिलबस्तुबाट खटीएको टोलीले जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालि वडा नं.१ स्थित लक्ष्मी राईस मिल (सेमरा) को पछाडी चेकजाँच गर्ने क्रममा उक्त टोलीलाई देखि भारत बाट नेपाल तर्फ आउदै गरेको ब्यक्तिले झोला फाली भागे ।

तर शसस्त्रको टोलीले शंका लागी झोलामा हेर्न थाले पछि ति व्यक्ती रकमको झोला छोडेर भारत तर्फ फरार भएको र पश्चात स्थानीय, पत्रकार, स्थानिय प्रतिनिधिहरुको साक्षी तथा रोहबरमा झोला खोली हेर्दा भारतिय रुपैया रु.५०० को ४९०० थान (२४,५०,०००।- भा.रु.) (नेपाली रु.३९,२०,०००।-) र ४२ पत्ता सुगरको औषधी समेत फेला परेको हुँदा पैसा सम्बन्धित निकायमा बुझाउने र औषधी नष्ट गर्नको लागी गुल्ममा ल्याई राखिएको जानकारी शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाहीले जानकारी दिए ।

बरामद गरिएको रकममा भारु ५ सय दरका ४९ वटा गड्डी (नेपाली रु ३९ लाख २० हजार) रहेको शाहीले बताए । बरामद रकम आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाईने जनाईएको छ । शससत्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्म, कृष्णनगरका गुल्मपती शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाही आए देखि नै विभिन्न समयमा कुखुराको चल्ला नष्ट, अवैध औषधी नष्ट , पटखा नष्ट लगायत भन्सार छली गरि ल्याएको लाखौ लाख पर्ने समान भन्सार समेत बुझाएर राजस्व चुहावट नियन्त्रणमा विशेष योगदान दिई सिमा सुरक्षा मा सधै ततपरता देखाउदै आएका स्थानीय ले बाताउछन् । विभिन्न समयमा शाही को योगदान को कदर गर्दे विभिन्न संघ संस्था र नगरपालिका समेत ले सम्मान समेत गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x