लकडाउनका बिच जमुनाह नाका हुदैं ६५ हजार भन्दा बढि नेपाली नेपाल फर्किए

कोरोना महामारीका र देशमा जारी भएको लकडाउनका बिच जमुनाह नाका हुदैं ६५ हजार भन्दा बढि नेपाली नेपाल फर्किएका छन् ।
गत चैत ११ गतेदेखि कोरोना भाइरस सङ्क्रमण रोक्न भनी लकडाउन जारी गरिएको थियो । अहिले बाँकेको दोश्रो चरणको जारी निषेधज्ञाका बिच कोरोना महामारी शुरु भए देखि हालसम्म बाँकेको जमुनाह सिमा नाकाबाट ६५ हजार भन्दा बढि नेपालीहरु नेपाल फर्किएको जमुनाह प्रहरीले जनाएको छ । सोहि अवधिमा ३० हजार भन्दा बढि भारतीय नागरिक भारत गएका छन् ।

जमुनाह नाकाबाट अहिले पनि नेपाली नागरिकहरु फर्कीने क्रम जारी रहेको ईलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बिष्णु गिरीले बताउनुभयो । बाँकेमा दोश्रो चरणको लकडाउनमा जारी भए देखि नेपालीहरु घर फर्किने क्रम जारी रहेको छ । शनिबार ४ सय २९ जना नेपाली घर फर्केका छन् जस मध्ये् कर्णाली प्रदेशका २ सय १४ रहेका छन् भने ६६ जना भारत गएका छन ।

त्यस्तै आइतबार ३ सय ८ जना नेपाली घर फर्केीएको गिरीले बताउनु भयो । भारतबाट नेपाल फर्कने नेपालीहरुलाई जमुनाहमा स्थापना गरिएको होल्डिंग सेन्टरमा ईन्ट्री गराइ घर पठाउने ब्यवस्था गरिएको छ । भैरव प्रसाद गणका प्रमुख सेनानी नकूल थापाले सेल्टरमा आएपछि उनीहरुलाई स्वास्थ्य परामर्श, तयारी खाना लगायतका सुबिधाहरु दिएर सम्बन्धित जिल्ला पठाईने जानकारी दिनुभयो ।
तयारी खाजाका लागि प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले स्वयमसेवक टोली परिचालन गरेको छ ।



