जमुनहा नाकाको मुख्य बाटोमा चेकजाँच कडा


नेपाल भारत सीमा जमुनहा नाका कडा पारिएको भए पनि बाँकेकै अन्य नाका बाट सहजै प्रबेश भई रहेको स्थानियहरुको गुनासो रहेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनहाका ईन्चार्ज बिष्णु गिरीका अनुसार अहिले भारत जाने नेपालीहरुको चाप बढे सग्गै चेकजाँच कडा पारिएको छ ।
तर बाँकेको राप्ती पारी बघौडा क्षेत्रको नरैनापुर सिमा भारतको श्रावस्ती नाकाबाट मल ल्याउने बहाना नेपालीहरु भारत जाने गरेकाले कोभिड १९ कोरोना संक्रमणको खतरा बढेको स्थानिय कयूमले एसीपी समाचारलाई बताएका छन् । जमुनहा नाकाको मुख्य बाटोमा चेकजाँच कडा पारे पनि उनीहरु हिरमिनीया,भवानीयापुर,पिप्रहवा,साईगाउ,लगाएतका गाउँहरुबाट सहजै प्रबेश गरेको स्थानियहरुले जनाएका छन् । केही महिना आगाडी मात्र साईगाउँको कोरेन्टाइनबाट नेपालगंज १२ का संक्रमित एक यूवा भागेर भारत गएका थिए । दुई देशका स्थानीय प्रशासनसँग समन्वय गरेर अहिले केही नेपालीहरू भारतको हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न जान थालेको छन् । कोरोनाको महामारी उच्च जोखिममा भएको बेला भारत बाट नेपाली घर फर्केका थिए अहिले भारतको सिमला हिमाचलमा स्याउँ बगैचा काम गर्न जाने बताएका छन् । अहिले जमुनहा नाकाबाट नेपालीहरुलाई भारत तर्फ जान् नदिने र उनीहरुलाई घर फर्काउने गरेको प्रशासनिक निकायले गरेको निर्देशन अनुसार रोक लगाईएको छ । भारतको रुपैडिहा नाकासम्मै सवारीसाधन पठाएर मजदुरहरू लैजान थालेका हुन् । त्यसरी जान लागेका नेपालीहरू बिरामी औषधी उपचार गर्न जानेलाई मात्र अनुमति दिने गरेको र जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र व वडा कार्यालय सिफारिस पत्र बिना आवत जावत गर्न पुर्ण रुपमा रोक लगाएको बताएका छन् ।

दुवै देशका सीमामा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्ने खोज्ने मानिसलाई चेकजाँच पछि मात्र जान् दिने गरेको बताउछन् ।
सरकारी निकाय बाटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरूका अनुसार भारत सरकारकै आधिकारिक निकायबाट अनुमतिपत्र जारी भएका केही नेपाली कामदारहरूलाई भारत जान दिइएको थियो ।
बीबीसी समाचारमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पहिले केही कामदारका हकमा त्यस्तो अनुमति दिइएको भए पनि गत सातादेखि रोकिएको बताउनु भएको छ । उनले भने, “हामीले केहीलाई अनुमति दिएका थियौँ, तर अहिले धेरै रकम असुलेर नेपालीहरूलाई लगिएको खबर आएपछि हामीले कुनै गलत काम पो भइरहेको छ कि भनेर केही दिनदेखि रोकेका छौँ । गृह मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार असार महिनाभित्र मात्र नेपालबाट ४५३ जना नेपाली नागरिकहरू भारततर्फ गएका छन ्। त्यसरी भारत जानेमा बिरामी, बिरामीका आफन्त, कूटनीतिक नियोगका कर्मचारी र मजदुरहरू रहेको अधिकारीहरू बताउँछन् ।



