५ असार २०८३, शुक्रबार

जनमत पार्टी बाँकेको डुडुवामा पुतला दहन सहित बिरोध कोणसभा

एसीपी संवाददाता

३ श्रावण २०७७, शनिबार १५:५७ मा प्रकाशित

जनमत पार्टी बाँकेको डुडुवा शाखा पुतला दहन सहित बिरोध कोणसभा गरेको छ। नेपाल सरकारद्वारा ल्याइएको विभेदकारी नागरिकता विधेयक बिरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ। आजको कार्यक्रम केन्द्रीय सदस्य एंव बाँकेका संगठनका संस्थापक इरफान अहमद शेषको विशेष उपस्थितिमा कार्यक्रम गरिएको हो, कार्यक्रममा मन्तब्यको क्रममा नेपाल सरकारले मधेश विरुद्ध अनावस्यक कानुन ल्याइ विभेद गरेको आरोप लगाएका छन तत्काल विभेदकारी नागरिकता कानुन फिर्ता नलिए आउने दिनमा मधेश भरि नै व्यापक अन्दोलनका कार्यक्रम ल्याउने जनाएका छन, नेता शेषले मधेश भरिनै अन्दोलनको तयारी स्वरूप अहिले गाउँ केन्द्रीकृत कार्यक्रम गर्दछौं भन्ने भनाइ राखेका थिए ।

मधेशमा अहिले मधेशका किसानलाई मलखादको समस्या भएको बेला जानी-जानी सरकारले मधेशी जनतालाई कमजोर पार्नको लागि नै मलखाद उपलब्ध नगराएको आरोप लगाएका छन, अबको एक हप्तामा स्थानीय सरकारले समेत किसानलाई मलखाद उपलब्ध नगराए हामी जनताकोहितको लागि स्थानीय सरकारलाई बाध्यता असहयोग गर्ने लगायत आवस्यक परे स्थानीय स्तरवाटै तालाबन्दी समेत गर्ने चेतावनी दिएका छन।

कार्यक्रम अब छिट्टै सहर केन्द्रित हुने समेत जनाएका छन, कार्यक्रमको मुख्य उद्देश्य जनतालाई यस किसिमको बिभेदको बारेमा सचेतना सहित अन्दोलन समिति बनाउदै संगठन बलियो पार्ने उद्देश्यका साथ हामाी जनताका बिच आएका हौ भन्ने भनाई राखेका थिए। कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला सचिव राजितराम बर्मा, नेता मोहम्मद हुशेन शाह, डुडुवा गाउपालिका अध्यक्ष शेष अब्दुल वाहिद शेष, संस्थापक जिल्ला सदस्य जाबिर हल्वाई, जिल्ला सदस्य नाजमा बागवान, वरिष्ठ नेतृत्व मन्डलका सदस्य मुजफ्फर शेष, विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य अक्षय सोनकर, गाउपालिका सदस्य अज्ञाराम महाउत, गोरखनाथ मौर्या , वडा नं.-६का अध्यक्ष जमाल खान, वडा नं.१ का अध्यक्ष सरीफ शेष, गाउपालिका सदस्य फारूक हासमी, लगायत सयौं नेता कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन विद्यार्थी जनमत संघ बाँकेका अध्यक्ष एंव जिल्ला सदस्य रियाज अंसारीले गरेका थिए , कार्यक्रमलाई सुरुवाती सम्बोधन मुजफ्फर शेषले गरेका थिए भने कार्यक्रम समापन जिल्ला अध्यक्ष रियाज अहमद शेषले गरेका थिए आजको कार्यक्रम डुडुवाका अध्यक्ष शेष अब्दुल वाहिद शेषको अध्यक्षतामा गरिएको हो भनेर जनमत विद्यार्थी संघका केन्द्रीय सदस्य अक्षय सोनकरले जनाएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x