५ असार २०८३, शुक्रबार

जसपाको निर्णय एमसिसी यथास्थितिमा पास गर्न नहुने

एसीपी संवाददाता

२९ असार २०७७, सोमबार ०४:३४ मा प्रकाशित

फाइल तस्बिर

संसद्को तेस्रो राजनीतिक शक्ति जनता समाजवादी पार्टी (जसपा) यथास्थितिमा एमसिसी संसदबाट पास गर्न नहुने पक्षमा देखिएको छ । जसपाले प्रवास संगठनमार्फत धारणा सार्वजनिक गर्दै यथास्थितिमा एमसिसी पास गर्न नहुने जनाएको छ । जसपाले एमसिसीबारे अध्ययन गर्न प्रवास संगठनमार्फत तीन सदस्यीय कार्यदल बनाएको थियो ।

जसपाले भनेको छ, ‘एमसिसी सम्झौताका सर्तहरू गम्भीर प्रकृतिका रहेको तथा यसमा उल्लेखित सर्तहरू हेर्दा योभित्र लुट, अझभित्र उपनिवेश र बाहिर आर्थिक सहयोगजस्तो देखिने भएकाले यो यथास्थितिमा पास गर्न नहुने ।’
नेपालले जुनसुकै देशसँग पनि अनुदान लिन सक्ने भए पनि राष्ट्रियता र सार्वभौमिकता नै खतरामा पर्ने गरी कुनै पनि देशसँग सहकार्य गर्न नसकिने जसपाको निष्कर्ष छ । 

‘राष्ट्रघात हुने सर्तहरू तेर्स्याएर कुनै पनि राष्ट्रले सहयोग दिने कार्य गर्छ भने त्यो स्वीकार गर्न सकिनेछैन,’ जसपाले भनेको छ । एमसिसी इस्टइन्डिया कम्पनीजस्तै रहेको निष्कर्ष निकाल्दै जसपाले सरकारलाई एमसिसी सम्झौताबारे पाँच सुझाबसमेत दिएको छ । सभार – नयाँ पत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x