१३ जेष्ठ २०८३, बुधबार

कैलालीमा ७५ बर्षीया बृद्धाको हत्या, नाति पक्राउ

एसीपी संवाददाता

२५ असार २०७७, बिहीबार ०१:४२ मा प्रकाशित

कैलाली : कैलालीमा हजुरआमाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐरलाई प्रहरीले हजुरआमाको हत्या आरोपमा पक्राउ गरेको हो। ७५ बर्षीया पार्वतीदेवी ऐरको हत्या गरेको जानकारीपछि बुधबार बिहान ईलाका प्रहरी कार्यालय फल्टुडेले उनलाई पक्राउ गरेको हो। उनले मंगलबार दिउसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टका अनुसार घरको पश्चिम पट्टी अरहरको झारले शवलाई छोपीएको थियो। उनलाई घरबाट नै प्रहरीले पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x