५ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीले हिन्दु धर्म बारे अपुष्ट अभिव्यक्ति दिनु उपयुक्त नभएको – कमल थापा

एसीपी संवाददाता

३० असार २०७७, मंगलवार ०५:२३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री  कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिनु उपयुक्त नभएको बताएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार हिन्दु धर्मावलम्बीले भगवान मान्ने रामको जन्मभूमि अयोध्या नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने तर भारतले विवादित अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए। 

ओलीको दाबी उटपट्याङ, अपुष्ट र अप्रमाणित भन्दै राप्रपाका अध्यक्ष थापाले सोमबारै ट्वीट गरेका छन्।

सोमबार ट्वीट गर्दै थापाले भनेका छन्- प्रमको स्तरबाट यस्ता उटपट्याङ,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन। 

प्रधानमन्त्री ओलीले नेपालीहरू सांस्कृतिक हिसाबले थिचिएको बताएका थिए।

‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। भारत हैन अध्योध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगन्जभन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,’ उनले भने।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे। उनले भने ‘सन्तान पनि भारतका हुँदै होइनन्, ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले बहस गरी साध्य छैन।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको भए पनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताएका थिए । सभार सेतोपाटी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x