२१ बैशाख २०८३, सोमबार
बाँकेको नरैनापुर गाउँपालिका कोरोना संक्रमित मुक्त

बाँकेको नरैनापुर गाउँपालिका कोरोना संक्रमित मुक्त भएको छ । गाउँपालिका १ सय १७ जना कोरोना संक्रमित निको भइ घर फर्केका पछि सम्पुर्ण कोरोना निको भएको जनाईको छ । केही महिना देखि कोरोना संक्रमितहरुका कारण निकै चर्चामा रहेको नरैनापुर गाँउपलिका हाल कोरोना भाइरसबाट निदान पाएको छ । भारत काम गर्न गएका नेपालीहरुमा कोरोना संक्रमित पुष्टि भइ तिनीहरुलाई बाँकेको नेपालगन्ज, कोहलपुर र दाङका विभिन्न आइसोलेसन अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत संक्रमितहरु सबै निको भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । बाँकेका ३ सय १५ कोरोना संक्रमित मध्ये हालसम्म १ सय ७० जना कोरोनालाई जितेर घर फर्केका छन् । नरैनापुरका एक जनाको भने कोरोनाका कारण मृत्यु भएको थियो ।
Subscribe
Login
0 Comments



