२१ बैशाख २०८३, सोमबार

नेपाली जनता महान् अभियन्ताका युगपुरुष लोकप्रिय नेता-मदन भण्डारी

एसीपी संवाददाता

३१ जेष्ठ २०७७, शनिबार १३:४६ मा प्रकाशित

हामी हरेक बर्ष जेष्ठ ३ गते अर्थात विश्व साम्यवादी आन्दोलनका एक महान् अभियन्ताका युगपुरुष जननेता मदन भण्डारीको जीप दुर्घटनामा परी मृत्यु भएको दिन । एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेष्ठ ३ गतेका दिन दासढुङ्गामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । उक्त घटना भएको आज २५ औँ वर्ष पुरा भएको छ तर रहस्यमय तरिकाबाट भएको उक्त दुर्घटनाको कुनै ट्ङ्गो भने लाग्न सकेको छैन् । प्रत्येक वर्ष आजकै दिन देशभर विभिन्न कार्यक्रम गरि मदन– आश्रित स्मृति दिवस त मनाइन्छ तर उक्त दुर्घटना कसरी भयो र कसले ग¥यो भन्ने विषयमा भने खास्सै चासो दिएर काम भएको देखिएको छैन ।

उक्त दुर्घटनालाई रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ। दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। तर जिपका चालक अमर लामा भने दुर्घटनामा परेर पनि जिवितै फर्किन सफल भएका थिए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। यसबाट उक्त दुर्घटना योजना अनुरुप भएको हो भन्ने स्पष्ट बुझिन्छ ।

नेपाली राजनीतिका एक अद्भुत जननेता मदन भण्डारी पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुककै आशालाग्दा नेताका रुपमा उदाएका थिए। प्रखर वक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। उनी देशको मुहार फेर्ने खाका र राष्ट्रियताका सवालमा वैचारिक रुपमा सुस्पष्ट थिए।

एमालेको महासचिव रहेकै बेला तिनै अद्भुत नेताको रहस्यमय हत्या भएको आज २५ वर्ष पुरा भइसक्दा पनि कुनै अत्तोपत्तो लाग्न नसक्नु नेपालीहरुका निम्ति निकै दुखदायी विषय हो ।

मदन भण्डारीको मृत्यु हुँदा सम्पूर्ण देशबासीहरुमा जति चोट पुगेको थियो त्यो भन्दा पनि दुख र पिडाको महशुस कसैलाई भएको थियो भने मदनकी पत्नी अर्थात उनकी राजनीतिक सहयात्री विद्यादेवी भण्डारीलाई भएको थियो । उनले त आफ्नो पति गुमाएकी थिइन, पार्टिले दाहिने हात गुमाएको थियो भने देशले सच्चा सपुत गुमाएको थियो । तर आज देशको सर्वोच्च ओहोदा राष्ट्रपतिको पदमा तिनै रहस्यमय तरिकाले मारिएका जननेता मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी पुगेकी छन् । आज देशको सम्पूर्ण कार्यकारी शक्ति भएको पद प्रधानमन्त्रीको पदमा उ नै रहस्यमय तरिकाले मारिएका जनप्रिय नेता मदनका सहयात्री केपी शर्मा ओली पुगेका छन् । तर पनि राष्ट्रपति बनिसकेकी विद्याले आफ्ना पतिको हत्यारा पत्ता लगाउन किन पहल गरिरहेकी छैनन् ? सरकार आफ्नो पकडमा हुँदा पनि नेकपा सरकारले किन देशका महान सपुत जनताका प्रिय नेता मदन भण्डारीको हत्यारा पत्ता लगाउने प्रयत्न गरिरहेको छैन ?
आज देशको सम्पूर्ण शक्ति र अधिकार आफ्नो हातमा हुँदा समेत सरकार पक्षबाट भण्डारी र आश्रितको हत्यारा पत्ता लगाउने प्रयाससम्म नगरिनु निकै दुखदायी विषय हो । सभार सहयात्रा टिभीले आफ्नो सम्पादकीयमा लेखेको थियो । यो जिज्ञासा नेपाली जनताको मनमा अझै आई राख्छ एक जना कम्यूनिष्ठ नेता आफनो जन गुनासो गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x