२१ बैशाख २०८३, सोमबार

सरकारले भी.टी.एम उपलब्ध नगराए जनतालाई स्वास्थ्य मन्त्रालय छिर्न बेर लाग्दैन : सांसद यादव

एसीपी संवाददाता

३२ जेष्ठ २०७७, आईतवार ११:१९ मा प्रकाशित

बीरगंज ३२ जेष्ठ।अहिले देशभरी नै भिटिएम किटको अभाव भएको छ । भिटिएम मेसिन छ तर भिटिएम किट नभएर उपचार हुन सकिरहेको छैन, उनले भने ।आइतबार बसेको संसद्को बैठकमा मा बोल्दै सांसद प्रदिप यादवले अहिले देशमा कोरोना संक्रमित को संख्या ह्वातै बढेको छ ,पछिल्लो समय वीरगंजमा कोरोना संक्रमण बढेपनि अहिले भने गाहवामाई र पशुपतिनाथको कृपाले रुकेको छ तर सरकारले भिटिएम किट नपठाएकोप्रति आक्रोसित हुँदै सांसद यादवले भने,‘‘ भोली नै जान्छ ५ हजार भिटिएम किट भन्दा भन्दै महिनौ दिन बितिसक्यो सरकार तर पनि स्वास्थय मन्त्रलायले वीरगंजको लागि भिटिएम किट पठाएको छैन् । एउटा सांसदसंग मन्त्रीले यत्रो झुठो किन बोले सभामुख महोदय ? हामी जनताको सुरक्षाको लागी भन्दा पनि स्वास्थय मन्त्री सुतेर बस्नु भएको छ । अहिले आँखा खोल्नुस, कति सुत्नुहुन्छ ? जनता आक्रोसित भएर सडकमा आईसकेका छन् । अहिले पनि सचेत हुनु भएन भने जनतालाई तपाईको मन्त्रालयमा छिर्न बेर लाग्दैन ।’’ उनले सदनमा कुरा राख्दै भने निशान छापसहितको बिध्येक सदनबाट हामी सबै मिलेर पारित गरे पनि नेपाल सरकारले औपचारिक रुपमा सदनमा प्रमाण दिनु पर्ने सांसद प्रदिप यादवले मांग गरेका छन् । नेपाल सरकारले लिपुलेक, लिपियाधुरा सम्बन्धी प्रमाण खोज्न एउटा बिज्ञ समिति बनाएकोले यदि हामीसंग प्रमाण छ भने प्रमाण खोजन त्यो बिज्ञ समिति किन बन्यो भन्दै सांसद यादवले प्रश्न गरे । आईतबार प्रतिनिधी सभाको संसदमा बोल्दै सांसद यादवले भने,‘‘बिज्ञ समूहको गठन गर्न जरुरी नै थियो भने सिमामा बस्ने मधेशी, जनताजति, शेर्पा र लिम्बुवानलाई किन राखिएन ? एक जना पनि मधेशी, जनजाति, आदीबासीलाई राखिएको छैन, के बिज्ञ मधेशमा छैन, बिज्ञ जनजाति, लिम्बुवान र शेर्पामा छैनन् भन्दै उनले प्रश्न गरे ।’’ काठमान्डौको बासी मधेशमा आएर सिमा बारे काठमान्डौको चस्माले के हेर्न सक्छ ?, त्यसको लागि सिमा बस्ने मधेशी, जनजाति नै उपयुक्त हुने सांसद यादवको भनाई छ । भारत सरकारले सिमा बिबाद बारे नेपाल सरकारलाई बार्ताको लागि आह्वान गरेको तर नेपाल सरकारले बार्ता गर्न नचाहेको हिन्दुस्तान टाईम्सले सामाचार लेखेको आफूले हिजो पढेको बताउँदै सांसद यादवले भने,‘‘ सत्य के हो ? यदि सत्य हो भने नेपाली जनतालाई किन गुमराह गरियो भन्दै सभामुखलाई उनले प्रश्न गरे ।’’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x