नेपाल भारत का सुरक्षा निकाय द्वारा सुरक्षा सम्बंधि संयुक्त छलफल

कृष्णनगर, – कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा नेपाल भारतका सुरक्षा निकाय द्वारा सुरक्षा सम्बंधि संयुक्त छलफल भएको छ । भारतको सिद्धार्थ नगर जिल्लाको बढ्नीको सिमा सुरक्षा बल को क्यामपमा संयुक्त छलफल भएको छ । जस्मा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेल, सशस्त्र प्रहरी बल ३९ नं गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही, भारत बढ्नी सिमा सुरक्षा बल (SSB) का प्रमुख , बढ्नी प्रहरी प्रमुख लगाएतमा संयुक्त छलफल भएको छ । त्यस्तै भारतको घरूवार भन्ने ठाउमा पनि जनता र भारत नेपालका सुरक्षाकर्मी बिच विभिन्न बिषयमा छलफल समेत भएको छ।

नेपाल भारत आवागमन गर्ने व्यक्तिहरूको व्यवस्थापन, सिमानाका सहायक नाका बाट हुनसक्ने चोरी निकासी नियन्त्रण, दशगजा नजिकको गाँउ क्षेत्रका वासिन्दा हरु बिच हुने झै झगड़ा, हातपात का व्यवस्थापन, संक्रमण व्यवस्थापनमा दुई देशको स्थानीय तहवाट गर्न सकिने समन्वय, लकडाउनको प्रभावकारिता लगायत अन्य सुरक्षा सम्बंधि छलफल भएको जानकारी प्राप्त भएको छ । जस्मा दुबै देशका सुरक्षा निकाय बिच परस्परिक सहयोग आदान प्रदान हुने जन विस्वास रहेको देखिन्छ ।



