२१ बैशाख २०८३, सोमबार

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने माग नेबिसंघको विरोध प्रदर्शन

एसीपी संवाददाता

१ असार २०७७, सोमबार १०:२१ मा प्रकाशित

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । यस अघि प्रमुख प्रतिपक्षिदलका साँसदले प्रतिनिधीसभामा पटक पटक खर्च सार्बजनिक गर्न माँग गरेका थिए । नेपाली काँग्रेसका साँसद गगन थापाले सरकारलाई खर्च बिवरण जनता समक्ष राख्न माग गरेका थिए ।


नेविसंघले सोमबार कोरोना नियन्त्रणका लागि भएको खर्च पारदर्शी नदेखिएको भन्दै पारदर्शी ढंगबाट सार्वजनिक गरिनुपर्ने माग राख्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । त्यस्तै उनीहरुले कोरोना जाँचका लागि पीसिआर बिधिलाई भरपर्दो र सहज बनाउनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार हुनुपर्ने लगाएतका माग पनि राखेका छन् । नेविसंघका महामन्त्री मनोज बैद्यले कोरोना नियन्त्रण र रोकथामका लागि राज्यलाइ आफ्नो दायित्व पुरा गराउन ध्यानाकर्षण गराउन विरोध गरेको बताउनुभयो । उहाले कोरोना नियन्त्रण र रोकथामका लागि भएको खर्चको पारदर्शी रुपले सार्वजनिक गर्नुपर्ने र कसैले पनि कोरोनाको नाममा भ्रष्टचार गर्न नपाउने उहाको भनाई छ ।
नेविसंघका कार्यकर्ताले ‘सरकार, १० अर्बको हिसाब खोइ ?’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थियो । नेविसंघले अध्यक्ष राजीव ढुंगानासहित केन्द्रीय पदाधिकारीको उपस्थितिमा सडक प्रदर्शन गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x