५ असार २०८३, शुक्रबार

गैरसरकारी महासंघ बाँकेको नयाँ बर्ष २०७७ को बार्षिक भित्ते पात्रो सार्वजनिक

एसीपी संवाददाता

१ असार २०७७, सोमबार १३:३१ मा प्रकाशित

गैरसरकारी संस्थामहासंघ नेपाल बाँके शाखाले प्रकाशन गरेको नयाँबर्ष २०७७ को बार्षिक भित्ते पात्रो सार्वजनिक गरिएको छ । महासँघका पदाधिकारी तथा सदस्यहरुले संयुक्त रुपमा भित्ते पात्रो सार्वजनिक गरेकाहुन् । महासँघका तस्विरमय गतिविधिहरु समेत समेटेर प्रकाशन गरिएको भित्ते पात्रो बाँके शाखाले पहिलो पटक प्रकाशन गरेको हो । महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, सचिव आशिष बर्मा, सदस्यहरु लोक बहादुर परियार, सुर्यलाल यादव, जयन्ति खत्री, अभिराज क्षेत्री, जिल्ला युवा क्लब सञ्जाल बाँकेका सचिव राजनबर्मा, बासका निबर्तमान अध्यक्ष मन भण्डारी लगाएतले बार्षिक भित्ते पात्रो सार्वजनिक गरेका हुन् ।

कोरोनाभाईरसको महामारी बिश्वव्यापी रुपमा फैलिरहेको र सो नियन्त्रण गर्नका लागि भएको लकडाउनका बाबजुत प्रकाशित भित्ते पात्रो महासंघका ७७ वटै जिल्ला, ७ प्रदेश समिति र बाँके स्थित सबै आबद्ध संस्थाहरुलाई उपलब्ध गराईने महासंघका अध्यक्ष नमस्कार शाहले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x